Wednesday, October 27, 2021
घरजीवनशैलीपहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार जोखिममा

पहिरोले मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार जोखिममा

काठमाडौं, ५ असार । मनाङमा मर्स्याङ्दी नदी पहिरोले थुनिएको छ ।

चामे गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने स्थानमा मर्स्याङ्दी नदीमा निरन्तर वर्षाले पहिरो खस्दा बहाव पूर्णरूपमा थुनिएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नदीमा पानीको सतह थप बढ्नसक्ने भएकाले चामे बजार उच्च जोखिममा रहेको जनाएको छ । मनाङको हुम्डेमा पहिरो गएका कारण मर्स्याङदी नदीको बहाव बढिरहेकोले जुनसुकै बेला खतरा हुनसक्ने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताएका छन् ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । पहिरो खसेर मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुलसमेत जोखिममा परेको छ ।

सिङ्गो चामे बजार जोखिममा परेको प्रशासनले जनाएको छ । सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको बताइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments