Sunday, August 1, 2021
घरजीवनशैलीआज पनि भारी वर्षा, पहिरो र पानीको बहाव घट्बढ हुने क्रम जारी...

आज पनि भारी वर्षा, पहिरो र पानीको बहाव घट्बढ हुने क्रम जारी रहने

काठमाडौँ । वर्षा हुने क्रम नरोकिएकोले आज पनि देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन जनाएको छ ।

शनिबार बिहानको मापन अनुसार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तह आसपासमा पुगेको छ ।

यस्तै कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको तर हाल सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जनाएको छ ।नारायणी र यसका सहायक नदीमा दिउँसो बहाव सामान्य घट्बढ हुने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको छ ।

कोशी, कर्णाली र महाकाली जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यमरभारी वर्षा भई बहाव बढ्दो क्रममा रहने र केही नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले जनाएको छ । कमला, बागमती लगायतका नदीमा पनि बहाव सामान्य बढ्ने तर सतर्कता तह भन्दा तले रहने जनाइएको छ।

यस्तै पूर्वानुमान महाशाखाले कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्ने केही स–साना नदीमा आकस्मिक बहाव भई बढ्न सक्ने भएकाले सतकर्ता अपनाउनु अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments