Sunday, August 1, 2021
घरजीवनशैलीउद्घाटन भएको पाँच महिना नपुग्दै बाढीले लग्यो हेलम्बुको प्रहरी चौकी

उद्घाटन भएको पाँच महिना नपुग्दै बाढीले लग्यो हेलम्बुको प्रहरी चौकी

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बुमा रहेको प्रहरी चौकीको भवन उद्घाटन भएको पाँच महिनामै बाढीले बगाएको छ ।

अविरल वर्षापछि आएको बाढीले कटान गर्दा इलाका प्रहरी कार्यालयको शुक्रबार राति साढे २ तले पक्की भवन बगाएको हो ।

बाढी भवन बगाए पनि प्रहरी कर्मचारीचाहिँ सुरक्षित रहेको बागमती प्रदेश प्रहरी प्रमुख वसन्त लामाले बताएक छन् । नदीले कटान गरेर ढुंगाको जाली र भान्सा भत्काएपछि प्रहरीलाई छुट्टै स्थानमा राखेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) लामाले जानकारी दिएका छन् ।

पाँच महीनाअघि मात्र निर्माण सकिएर उद्घाटन भएको उक्त भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड १७ लाख ६९ हजार रुपैयाँ बजेट दिएको थियो ।

‘क’ वर्गको यो इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्ड रहन्छ । यद्यपि हाल सईले कमाण्ड गरिररहेका थिए ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments