Wednesday, July 28, 2021
घरBanner Newsमेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन, हराएकाको खोजीकार्य जारी

मेलम्ची आयोजनाका ८ कामदार सम्पर्कविहीन, हराएकाको खोजीकार्य जारी

काठमाडौं । तीन दिन देखीको अविरल वर्षाल मेलम्चीे आयोजनाको हेडवर्क्स नजिकैको क्याम्पसाइट बाढीले बगाएपछि ८ कामदार सम्पर्कविहीन भएका छन् ।
मेलम्ची खानेपानी विकास समितिले बुधबार विज्ञप्ति जारी गर्दै ३ चिनियाँ, ३ भारतीय र २ नेपाली कामदार सम्पर्कविहीन रहेको बताएको हो ।

यस्तै समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बुधबार आयोजनाका ७६ जनालाई हेलिकप्टरबाट उद्वार गरिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उद्वार गरिएकाहरूलाई काठमाडौं र धुलिखेल ल्याइएको छ ।

अझै कति कामदारहरु हराएकाले उनीहरुको खोजीको लागि सबै संयन्त्र परिचालन गरिएको पन्तले जानकारी दिएका छन् । कामदारहरूको खोजी तथा उद्वारका लागि आयोजनाले सबैमा सहयोगका लागि अपिल गरेको छ ।

बाढीले आयोजनाका क्याम्पहरू, उपकरण, निर्माण सामग्री, पहुँच सडक, पुल बगाएको छ । मंगलबार रातिदेखि नै प्रहरी, प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी गरिएको थियो ।

प्राविधिक निरीक्षणका लागि आयोजनाको सुरूङ समयमै बन्द गरिएकाले ठूलो दुर्घटनाबाट जोगिएको छ । मंगलबार बिहान ११ बजेदेखि नै बन्द सुरूङ बन्द गरिएको थियो ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments