Sunday, August 1, 2021
घरBanner Newsप्रकृती दोहन रोक्ने कि विपत्तीको सामना गर्ने, चयन हाम्रै

प्रकृती दोहन रोक्ने कि विपत्तीको सामना गर्ने, चयन हाम्रै

काठमाण्डौ, २ असार
असार लाग्दा नलाग्दै शुरु भएको अविरल बर्षाले देशैभरी वितण्डा मच्चाइरहेको खवरहरु प्राप्त भएका छन् । विशेष गरेर नदी किनार र पहाड भत्काएर बनाएका संरचनाहरु बढी जोखिममा देखिएका छन् । मेलाम्चिमा देखिएको अस्वाभिव दृश्य बर्षौ पछिको हो । विगतमा अन्य स्थानमा बर्षाले विचल्ली बनाउथ्यो, यो पटक मेलाम्चीले त्यो दुर्भाग्य ब्यहोर्नुपर्‍यो । पहिरो गएका पहाडी भुभागको विश्लेषण गर्ने हो भने कि त अस्वभाविक रुपमा पहाडलाई खोस्रिएर बनाएका जमिन धसिएका छन्, कि त शान्त बसेको पहाडलाई विभिन्न कोणबाट भत्काएका कारण जोखिम बढेको पाइन्छ । विकासका नामम गाँउ गाँउमा चलाइएका डोजर र भु माफियाले चलाएका अस्वभाविक प्लटिङले नेपालका धेरै जिल्लाका संरचनाहरु धरापमा परेका छन् । नदि किनारको जमिन ओगटेर जमिन कब्जा गर्ने चलनले पनि बेला बेलामा विपत्तीको सामना गर्नु परेका उदाहरण धेरै छन् । अवैध रुपमा बालुवा, गिटी र माटो निकाल्ने गिरोहले देशका धेरै संरचना सखाप बनाएका छन् ।अर्को विभिन्न बहानामा नदि किनारका सरकारी र सार्वजनिक जग्गालाई ओगटेर अस्थाई र स्थायी संरचना बनाउने क्रम नेपालका प्राय सवै जिल्लामा रोगकै रुपमा रहेको छ । नदीले जहिले पनि असार, साउनमा एउटा बहाव खोज्छ नै । अन्य बेलामा नदि शान्त नै हुन्छ । नदिको मुहान र आसपासबाट आउने पानीको अवस्था कस्तो छ, के कस्ता समस्याहरु छन् भन्ने विषयमा न त संघिय सरकार, न त प्रदेश सरकार न त स्थानिय सरकार नै चिन्तित भएको पाइन्छ । जव विपत्ती आयो सवै जना आफनो भोटरलाई खुशी पार्नका लागी कोही हेलिकप्टर चार्टर गरेर त कोही पानीमा रुझदै पीडितहरुको अगाडी आफनो अनुहार देखाउन पुग्छन् । हेर्दा पीडितको लागी राहतको अनुभुति गराउन जस्तो देखिएपनि त्यो विशुद्ध रुपमा भोटर जोगाउने परम्परागत शैली बाहेक केही पनि होइन भन्दा फरक नपर्ला । देशको योजना र संरचनाले राम्रोसँग काम नगरेपछि केही ब्यक्ति हिरो हुने समाज कहिले पनि अगाडी बढ्न सक्दैन । विपत्तीले केहीलाई घाटा भएपनि विपत्तीको प्रचार प्रसार गर्न जान्ने र त्यो बहानामा हिरो बन्न खोज्ने ‘पसले’हरुलाई फाइदा नै पुग्न सक्छ । काठमाण्डौ शहर भित्रैको अवस्था हेर्ने हो भने पनि उपत्यकाका पहाडलाई एक चक्कर लगाउदा प्रकृतीलाई कसरी दोहन गरिएको छ प्रष्ट हुन्छ । नवागमती, मनोहरा, विष्णुमती, टुकुचा जस्ता नदि आसपासका क्षेत्र कसरी अतिक्रमित भएका छन्, त्यो पनि प्रष्ट देखिन्छ । विगतमा यि क्षेत्रमा पनि विपत्तीहरु नआएका होइन । मेलाम्चिमा देखिएको विपत्ति हिजोका दिनमा अन्य क्षेत्रमा देखिएकै हो । चाहे त्यो पहाड होस वा तराई यो समस्याले नेपालाई पिरोलेको बर्षौ भैसक्यो । तर कुनै पनि सरकार, कुनै पनि राजनैतिक दल र कुनै पनि नागरिक समाजले बेलैमा यस्तो विषयलाई गम्भिरतापूवर्क उठान गरेर समाधानका लागी दवाव दिएको पाइदैन । जव विपत्तीले ठ्याक्कै ढोकामा हिर्काउछ अनि सारा नेपाली रुवाबासी गरिरहेका हुन्छन् । त्यसैले विपत्तिको कारण पहिचान गरेर दीर्घकालिन योजना सहित अगाडी बढ्न सकिएन भने मेलाम्चिको दुर्गति भोली बागमती वा मनोहरा वा अन्य कुनै क्षेत्रले पनि भोग्न नपर्ला भन्न सकिन्न । सवैलाई चेतना भया ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments