Wednesday, July 28, 2021
घरBanner Newsहिजो सम्म हराभरा देखिने मेलम्ची एकै रातमा खण्डहर

हिजो सम्म हराभरा देखिने मेलम्ची एकै रातमा खण्डहर

सिन्धुपाल्चोक । मंगलबार रातिदेखि परेको अविरल वर्षाले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र बुधबार दिनभर जसो डुवानमा परेको छ ।

बुधबार पनि दिनभर पानी परेकाले नदीको सतह नघट्दा बजारका त्यहाँका बासिन्दा बाहिर गएर आश्रय लिएर बसेका छन् ।

घर डुबानमा परेका बासिन्दाहरु इन्द्रेश्वर माध्यमिक विद्यालय र प्रहरी चौकी भएको क्षेत्रमा आश्रय लिएर बसेका छन् । जिल्ला प्रशासन कार्यालयले जानकारी दिए अनुसार बाढीका कारण मेलम्ची नगरपालिकाका ६०० जना प्रभावित भएका छ ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको जानकारी दिइएको छ । पानीमा फसेका ६० जनाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले उद्दार गरेका छन् ।

कतिपय बेपत्ता भएको अनुमान गरिएको छ । मेलम्ची आयोजनाका ८ जना कर्मचारी सम्पर्कविहीन भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका जानकारी दिएका छन् ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments