Wednesday, July 28, 2021
घरBanner Newsपहुँच भए खोप नत्र सकियो ?

पहुँच भए खोप नत्र सकियो ?

काठमाण्डौ, ३१ जेठ
कोराना महामारीको आतंक विश्वब्यापी छ । विश्वका करोडौ मानिस यसको चपेटामा परेका छन् । कोरोना वास्तविक रोग नै हो कि मानव निर्मित आतंक हो भन्ने विषयमा पनि बहस जारी नै छ । कोरोना रोकथामका लागी भनेर नेपाल सरकारले विश्व समुदायसँग हार हुगार गरेर मगाएको खोप अहिले स्थानिय निकायहरुमा चर्चाको विषय बनेको छ । स्थानिय निकायमा जिम्मेवार तहमा बस्नेहरुले राज्यले एउटा नीति बनाएर खोप पठाएपनि उनीहरुले त्यसको विरुद्धमा गएर खोपमा मनोमानी गरेका तथ्यहरु प्राप्त भएका छन् । प्राप्त जानकारी अनुसार काठमाण्डौ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका भित्र खोपको नाममा ब्यापक राजनीतिकरण भएको तथ्यहरु फेला परेको छ । राज्यले ६० देखी ६५ बर्ष उमेर समुहका लागी भनेर पठाएको खोप स्थानिय तहका नेताहरुको सक्रियतामा त्यो भन्दा कम उमेर समुहका सयौ जनालाइ खोप लगाएको तथ्यहरु फेला परेका छन् । खोपको दुरुपयोग गर्नेहरुमा विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु पनि रहेको तथ्य फेला परेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले आफनो नगरपालिका भन्दा बाहिरका बासिन्दा र ६० देखी ६५ बर्ष उमेर नै नपुगेकाहरुलाई समेत किर्ते सिफारिस दिएर खोप लगाएका तथ्यहरु समेत फेला परेका छन् । केहीले राजनैतिक आस्थाका आधारमा समेत खोप लगाएको समेत आरोप लगाएका छन् । सो नगरपालिकामा अझै पनि ६० देखी ६५ बर्ष उमेर समुहका धेरै जना खोप लगाउनबाट बन्चित छन् तर अन्य उमेर समुहका सयौले खोप लगाएको तथ्यहरु हामीलाई प्राप्त भएको छ । राज्यले नीति बनाउदा नै उमेर समुह तोकेर गल्ती गरेको भन्नेहरुको पनि संख्या धेरै छ । तर राज्यले एउटा नीति बनाइसकेपछि स्थानिय तहले नीतिलाई अक्षरसः पालना गराउन नसक्नुले नेपालको स्थानिय तह कति कमजोर सावित भएको छ भन्ने देखिएको छ । यो वेथिति अन्य नगरपालिका र स्थानिय निकायहरुमा समेत देखिएको छ । यसले राज्यका हरेक नागरिक आफना लागी जस्तो सुकै नियम र कानुनको पनि खिल्ली उडाउन तयार छन् भन्ने देखिएको छ । विभिन्न राजनैतिक दलका नेता र कार्यकर्ताले समेत आफना नातेदार र आसेपासेलाई विभिन्न किर्ते कागज तयार गरि खोप लगाएका तथ्यहरु प्राप्त भएका छन् । स्थानिय नेतृत्वमा बस्नेहरुको गैर जिम्मेवार बनेका कारण पाउनुपर्नेले खोप नपाएको र पाउनका लागी अभै कुर्नु पर्नेहरुले सहजै पाइरहेको तथ्यहरुले नेपाल पहुच र पावर हुनेहरुका लागी मात्रै हो कि भन्ने प्रमाणित हुदै गएको तथ्यहरुले देखाएको छ

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments