Wednesday, July 28, 2021
घरखेलकुदयुरो कपमा इङल्याण्डको पनि राम्रो शुरुवात

युरो कपमा इङल्याण्डको पनि राम्रो शुरुवात

एजेन्सी, ३० जेठ
युरो कप फुटवल प्रतियोगिता अन्र्तगत केही बेर अगाडी सम्पन्न समुहगत चरणको आफनो पहिलो खेलमा इङल्याण्डले जीत दर्ता गराएको छ । यो प्रतियोगिताकै बलियो दावेदारका रुपमा रहेको क्रोएशियालाई एक शुन्य गोल अन्तरले पराजित गर्न इङल्याण्ड सफल भयो । युरो कप फुटवल अन्र्तगत अहिलेसम्म चार वटा खेल सम्पन्न भैसकेका छन् । शनिवार भएका खेलमा फिनल्याण्डले डेनमार्क माथी एक शुन्य गोल अन्तरको जीत दर्ता गरायो । त्यस्तै बेल्जियमले पनि रसियामाथी तीन शुन्य गोल अन्तरको जीत दर्ता गराएको थियो । शुक्रवार राती भएका अन्य दुई खेलमा इटलीले जीत दर्ता गरायो भने वेल्स र स्वीजरल्याण्ड विचको खेल एक एक गोलको बरावरीमा सकिएको थियो । युरो कप फुटवलमा छनौट चरण पार गरेर आएका युरोपका २४ देश सहभागी छन् ।
समुह ए मा इटली, वेल्स, स्वीजरल्याण्ड र टर्की रहेका छन् । त्यस्तै समुह वि मा वेल्जियम, फिनल्याण्ड, डेनमार्क र रसिया रहेका छन् । समुह सी मा अष्ट्रिया, नेदरल्याण्डस, नर्थ मेसेडोनिया र युक्रेन रहेका छन् । समुह डी मा इङल्याण्ड, चेक रिपब्लिक, स्कटरल्याण्ड र क्रोएशिया रहेका छन् । समुह इ मा पोल्याण्ड, स्लोभाकिया, स्पेन र स्वीडेन रहेका छन् । समुह एफ मा फ्रान्स, जर्मनी, हंगेरी र पोर्चुगल रहेका छन् । प्रतियोगिता जुलाई १२ तारिखसम्म चल्नेछ । प्रतियोगिताका खेलहरु युरोपका विभिन्न शहरका स्टेडियममा संचालन भइरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments