Wednesday, July 28, 2021
घरBanner Newsउपत्याकामा अर्को एक साता ‘लकडाउन’

उपत्याकामा अर्को एक साता ‘लकडाउन’

काठमाण्डौ, ३० जेठ
अत्यावश्यक सेवा र अन्य सेवामा केही सहज गर्दै काठमाण्डौ उपत्यकामा थप एक साता निषेधाज्ञा गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बढाउने निणर्य गरेको हो । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञाको अवधि बढाएर ७ असारसम्म पुर्‍याइएको हो । निषेधाज्ञामा अत्यावश्यक सेवा, सुविधामा केही सहज गरिएको छ । औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ । तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । त्यस्तै पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । विकास निर्माणजन्य सामग्रीका पसल छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटरी, हार्डवेयर पसल दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति गर्न दिइने बताइएको छ । यस्तै, अत्यावश्यक वस्तुहरुको अनलाईन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ । सवारी साधन मर्मतका लागि वर्कशप बेलुका ९ बजेसम्म सञ्चालन गर्न सकिने भएको छ । निर्माण सामग्री ढुवानीका लागि सवारी साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ । अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनलाई ७ असारसम्मै सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको निषेधाज्ञाको विस्तृत जानकारी सहितको विज्ञप्ती यस्तो छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments