Monday, June 21, 2021
घरBanner Newsओली मन्त्रिमण्डलमा बादल पत्नी संचार मन्त्री

ओली मन्त्रिमण्डलमा बादल पत्नी संचार मन्त्री

काठमाण्डौ, २७ जेठ
प्रधानमन्त्री खड्ग प्रसाद(केपी) शर्मा ओलीले मन्त्रिमण्डलमा केही सदस्यहरु थप गर्दै २५ सदस्यीय बनाएका छन् । उनले आज गरेको मन्त्रिमण्डल विस्तारमा यस अघिका गृह मन्त्री राम बहादुर थापाकी पत्नी नैनकला थापालाई संचार मन्त्रीको जिम्मेवारी दिएका छन् । बादल पत्नी सांसद नै नभएपनि ओलीले बादललाई आफनो कित्तामा कायमै राखिरहनका लागी संचार मन्त्री दिएको राजनीतिका जानकारहरु बताउछन् । ओलीले आज गरेको मन्त्रिमण्डल विस्तारलाई लिएर सामाजिक संजालमा ब्यापक टिका टिप्पणी शुरु भएको छ । यसै विच ओली सरकारले ल्याएको नागरिकता विधेयकको अध्यादेशलाई पनि सर्वोच्च अदालतले रोकिएदिएपछि ओली सरकार थप संकटमा परेको बताइन्छ । मधेशका एक दर्जन भन्दा बढी नेता वर्तमान सरकारमा मन्त्रि बन्दै गर्दा आएको अदालतको फैसला पछि नेपालको राजनीतिमा थप तरंग देखिने अनुमान गर्न सकिन्छ । ओलीले आज गरेको मन्त्रिपरिषद विस्तारलाई केहीले समय सकिने बेलामा गरिएको हर्कतका रुपमा पनि ब्याख्या गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आजै सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा ७ जना मन्त्रीले राष्ट्रपति समक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूणर्ता दिएका हुन् । थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments