Monday, June 21, 2021
घरBanner Newsसभामुख पनि थप सक्रिय बन्दै

सभामुख पनि थप सक्रिय बन्दै

काठमाण्डौ, २६ जेठ
राजनैतिक घटनाक्रममा देखिएका असहज परिस्थितिहरु पछि सभामुख अग्नि प्रसाद सापकोटा पनि चुप लागेर बस्न सकेका छैनन् । प्रधानमन्त्री खड्ग प्रसाद(केपी) शर्मा ओलीले फेरि एक पटक संसद विघटन गरेपछि नेपालको राजनीतिमा अस्वभाविक परिस्थितिहरु देखा परेका छन् । संसद विघटनको विषय अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । यसै विच सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दल र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । उनले प्रधानमन्त्री ओलीलाई पनि छलफलका लागी निमन्त्रणा गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा प्रतिनिधित्व गर्ने दल र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने भएका हुन् । उनले प्रधानमन्त्री केपी ओलीलाई पनि बैठकमा आउन पत्र पठाएका छन् । प्रतिनिधिसभा विघटनबारे छलफल गर्न शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको बताइएको छ । सभामुख सापकोटाले ११ जेठमा पूर्वसभामुखहरूसँग छलफल गरेका थिए । उनले पूर्वसभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग छलफल गरेका थिए । उनले १३ जेठमा संविधानविद् तथा कानुनविद्हरूसँग छलफल गरेका थिए । प्रतिनिधिसभा विघटनलाई सभामुख सापकोटाले असंवैधानिक कदम भन्दै आएका छन् ।
राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल नखाएको र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्तविपरीत हुन गएको आरोप सभामुख सापकोटाले लगाउदै आएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments