Monday, June 21, 2021
घरखेलकुदनेपालले विश्व कप फुटवल कहिले खेल्न सक्छ?

नेपालले विश्व कप फुटवल कहिले खेल्न सक्छ?

काठमाण्डौ, २४ जेठ ।
नेपालले फुटवलको विश्व कप कहिले खेल्न सक्छ? हरेक पटकको विश्व कप आउदै गर्दा हरेक नेपालीको मुखमा आउने प्रश्न हो यो । यसको जवाफ नेपालमा खेलकुदको कमान सम्हालेर बसेकाहरुसँग पनि छैन । नेपाली फुटवलको सर्वोच्च संस्था अखिल नेपाल फुटवल संघका पदाधिकारीलाई यो प्रश्न सोध्ने हो भने उनीहरुले जहिले पनि हाँसेरै टारिदिन्छन् । खेल बुझेकाहरुलाई के थाहा छ भने अहिलेकै अवस्था र शैली कायम रहने हो भने नेपालले आगामी ५० बर्ष भित्र पनि विश्व कप खेल्न सक्ने अवस्था छैन । नेपालले विश्व कप छनौट चरणका खेलहरु खेल्दै गर्दा हरेक नेपालीको चाहनामा जीतको अपेक्षा थियो तर त्यो अपेक्षालाई जोर्डनले पानीमा बगाइदियो । तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम हो । तर नेपालका लागी जोर्डन नया र नौलो टिम पक्कै थिएन । आज भन्दा १० बर्ष अगाडीको नेपाली फुटवल टिमको मुल्यांकन गर्ने हो भने त्यो नै बलियो टिम भन्दा फरक नपर्ला । आखिर यत्रो बर्षमा अखिल नेपाल फुटवल संघमा करोडौ रुपैया खर्च भयो । सयौ खेलाडी उत्पादन भएको भनियो । तर खेलको निणर्य भनेको त रिजल्ट नै हो । रिजल्टको विषय उठान गर्ने हो भने नेपाल पुणर् रुपमा असफल टिम बन्दै गएको छ भन्दा पनि फरक पर्दैन । नेपाली फुटवललाई आधुनिकी करण गर्ने, अनुसन्धान विभाग बनाएर खेल र खेलाडीको बारेमा अनुसन्धान गर्ने, खेलाडीको वृती विकासका लागी विशेष कार्यक्रम चलाउने, देश भित्रको फुटवल र क्लवहरुलाई बलियो बनाउन विशेष नीति अख्तियार गर्ने जस्ता कुनै पनि काम एन्फा नेतृत्वले गर्न सकेन । विगतको नेतृत्वलाई कमजोर र काम नलाग्ने भन्दै एन्फामा प्रवेश गरेको वर्तमान नेतृत्व पनि विदेश भ्रमण, सत्ता र शक्तिमा भएकाको चाकडी र चाप्लुसीमै ब्यस्त भएको पाइयो ।एन्फामा पुगेका प्राय सवैको ध्यान आर्थिक लाभ लिने र विदेश जानेमा नै केन्द्रित भएको पाइएको छ । विश्व कप खेल्ने नेपालको सपना समाप्त भएपछि एन्फाको नेतृत्वले आम नेपाली जनतालाई कारण देखाउनु पर्छ कि पर्दैन ।

जोर्डनविरुद्ध सोमबार राति भएको खेलमा पराजित भएपछि अर्को वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने नेपालको सपना दोस्रो चरणको छनोटमै टुंगियो, अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप खेल्ने नेपालको सपना पूणर् रूपमा समाप्त भएको छ । सोमबार भएको खेलमा जोर्डनसँग ३-० गोलले पराजित भएसँगै नेपालको कतार विश्वकप सपना दोस्रो चरणको छनोटमै टुंगिएको हो । यससँगै नेपाल विश्वकप छनोट इतिहासमा फेरि पनि दोस्रो चरण पार गर्न असफल देखिएको छ । नेपालले यसअघि ७ वटा विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुँदा ६ पटक पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटमा भने पहिलो चरण पार गरेको नेपाल दोस्रो चरणभन्दा अघि बढ्न सकेन । नेपालले यसपटक वरीयताका आधारमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो । एन्फाको नेतृत्वसँग आम फुटवल प्रेमीले फेरि एक पटक दवाव सहित सोध्नै पर्ने प्रश्न हो नेपालले विश्व कप फुटवल कहिले खेल्छ? के वर्तमान एन्फा नेतृत्वसँग यो प्रश्नको जवाफ छ ?आम जनताले सोधेको प्रश्न हो यो । खेल्न सक्छ भने कहिले सक्छ, सक्दैन भने किन सक्दैन ।उचित जवाफ दिनुहोला ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments