Sunday, June 20, 2021
घरBanner Newsओलीको ४ नम्वर बुदाले सवै सशंकित

ओलीको ४ नम्वर बुदाले सवै सशंकित

काठमाण्डौ, २३ जेठ ।
माधव र झलनाथ पक्षले नेकपा एमालेको एकता प्रकृयाका लागी पार्टीलाई २०७५ जेठ ३ गते अघिकै अवस्थामा लैजानु पर्ने शर्त राखेपछि दुई पक्षका नेताहरु विच पटक पटक वार्ता र छलफल भए । दुई पक्ष विच छलफल भएपनि त्यसले मुर्त रुप लिन सकिरहेको थिएन । तर आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद( केपी) शर्मा ओलीले ६ वटा बुदा सहितको प्रस्ताव जारी गरेपछि नेपाल खनाल समुहमा खैला बैला मच्चिएको छ । ओलीले पार्टी बलियो बनाउनका लागी आवश्यक भन्दै जारी गरिएको प्रस्तावका अन्य बुदा सामान्य नै भएपनि बुदा नम्वर ४ ले अहिले नेपालको राजनीति तरंगित भएको छ । ओलीले ४ नम्वर बुदा राख्नुलाई धेरैले अर्थपुणर् रुपमा लिएका छन् । उनले जारी गरेको प्रस्तावका ६ वटा बुदा यस प्रकार रहेका छन् ।
१) नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडी बढाइनेछ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रिय कमिटिका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रिय कमिटि र स्थायी कमिटिका संरचना गतिशील हुनेछन् ।
२ मातहतका पार्टी कमिटि र जनसंगठनहरु मुलभुत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुनेछन् ।
३) संगठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागी कार्यदलले काम गर्नेछ ।
४) आफनो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुनेछ ।
५) यस विचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी कमजोरीलाई लिएर कुनै कारवाही गरिने छैन । पुर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।
६) नेकपा एमालेलाई वैचारिक संगठनात्मक र भावनात्मक रुपले एकताबद्ध, अनुशासित र अझ सुदृढ बनाउन सवै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुनेछ ।
ओलीको सो प्रस्तावको बुदा नम्वर ४ ले नेपालको राजनीतिमा ठुलो खिचडी पाकेको आभाष राजनैतिक विश्लेषकहरुको छ । उनीहरुको भनाईलाई आधार मान्ने हो भने ओलीको सत्ता कमजोर हुदै गएको प्रमाण हो यो । केहीले भने ओलीले पार्टी विभाजनको दोष अरुलाई थोपर्नका लागी यस्तो प्रस्ताव अगाडी सारेको दावी पनि गरेका छन् । माधव नेपाल पक्षले ओलीको प्रस्तावका विषयमा अहिलेसम्म औपचारिक रुपमा केही निणर्य गरिनसकेको बताइएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments