Monday, June 21, 2021
घरBanner Newsओलीले गरे मन्त्रिपरिषदको अस्वभाविक पुर्नगठन

ओलीले गरे मन्त्रिपरिषदको अस्वभाविक पुर्नगठन

काठमाण्डौ, २२ जेठ /
संसद विघटन गरी निर्वाचनको मिति घोषणा गरेको सरकार कामचलाउ हुन्छ । कामचलाउ सरकारले संविधानतः मन्त्रिपरिषद हेरफेर वा पुर्नगठन गर्न मिल्दैन / पछिल्ला राजतैनिक घटनाक्रमले देशको माहोल तातिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र समेत पनि छलफल नै नगरी मन्त्रिपरिषद हेरफेर गरेका छन् । उनले फुटको संघारमा पुगेको अर्को दल जनता समाजवादी पार्टीको एउटा पक्षलाई सरकारमा सामेल गराउदै नयाँ मन्त्रिपरिषद गठन गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका १३ जनालाई घर पठाएर ओलीले आफु सँगै ६ वटा मन्त्रालय राखेर राजेन्द्र महतो पक्षलाई १० मन्त्री दिएका छन् । पार्टीमा औपचारिक निणर्य नगराई प्रधानमन्त्री ओलीले ठूलो संख्यामा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । जसलाई लिएर उनकै समूहका नेताहरूमा समेत असन्तुष्टि देखिएको छ । १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्रीबाहेक एमालेका चार मन्त्री छन् । प्रधानमन्त्री ओलीले तीन उपप्रधानमन्त्री बनाएका छन् । हेरफेर गरिएको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री हरुमा अर्थ मन्त्रालयसहित विष्णुप्रसाद पौडेल, परराष्ट्रसहित रघुवीर महासेठ र सहरी विकाससहित राजेन्द्र महतो छन् । गृह, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा प्रविधि मन्त्रालय ओलीले आफु सँगै राखेका छन् । उनले एमालेको असन्तुष्ट पक्षलाई फकाउन ति मन्त्रालय दिन सक्ने अनुमान समेत राजनीतिका जानकारहरुले गरेका छन् । ठाकुर र महतो विपक्षी गठबन्धनमा नगएपछि ओली पछिल्लोपटक सत्ता टिकाउन सफल भएका थिए । संसद् विघटनपूर्व जसपाका ३२ मध्ये ठाकुर र महतोको पक्षमा २० सांसद थिए । तीमध्ये जसपाबाट आठ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनेका छन् ।

जसपाबाट शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कणर् भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बनेका छन् । राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला मन्त्रालयमा नियुक्त भएका छन् । त्यसैगरी, एमालेबाट यसअघि मन्त्री भएकामध्ये अर्थमन्त्री पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले निरन्तरता पाएका छन् । उपप्रधानमन्त्रीसहित प्रधानमन्त्री कार्यालयको जिम्मेवारीमा रहेका ईश्वर पोखरेल मन्त्रिपरिषद्बाट बाहिरिएका छन् । प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सञ्चारमन्त्री पार्वत गुरुङले पनि मन्त्री पदबाट हात धुनु परेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments