Wednesday, July 28, 2021
घरBanner Newsमलेसिया बुधबारदेखि १४ दिन लकडाउन

मलेसिया बुधबारदेखि १४ दिन लकडाउन

काठमाडौं: विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि नेपालको प्रमुख रोजगारीको गन्तव्य मुलुक मलेसिया बुधबारदेखि मार्च ३१ सम्म १४ दिन लकडाउन हुने भएको छ । विश्वव्यापी रूप लिएको कोरोना नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले लकडाउन गर्न लागको हो ।

लकडाउन अवधिभर देशबाहिर जान मलेसिया सरकारले आफ्ना नागरिकहरूलाई प्रतिबन्ध लगाइएको छ । देशबाहिर रहेका मलेसियनहरू भने स्वदेश फर्किने सक्नेछन् । तर, त्यसरी फर्किएका मलेसियनहरूले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणबाट कोरोना नभेटिए पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य बनाइएको छ । लकडाउन अवधिमा पर्यटक र आप्रवासीलाई भने प्रवेश रोक लगाइएको मलेसियास्थित सरकारी अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारी तथा निजी कार्यालयसँगै शैक्षिक संस्थाहरू पनि यो अवधिमा पूर्णतः बन्द हुनेछन् । यातायात, स्वास्थ्य संस्था, वित्तीय क्षेत्र, औषधि, खाना, ग्यासलगायतका अत्यावश्यकीय सेवा प्रवाह भने पूर्ववत् सञ्चालन हुने जनाइएको छ । विश्वव्यापी बनेको कोरोना संक्रमण मलेसियामा पनि देखिएको छ । वल्र्डवोमिटर्सका अनुसार, हालसम्म यहाँका ५ सय ६६ मानिसमा कोरोनाको लक्षण देखिएको छ । यद्यपि, अहिलेसम्म यो संक्रमणका कारण ज्यान भने गएको छैन । कोरोना संक्रमित ४२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments