काठमाडौँ: आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।आज सुन तोलामा १ हजार ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७७ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।