Sunday, December 5, 2021
घरBanner Newsअमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

अमेरिका ३५ रनमै अलआउट, सन्दीपले लिए ६ विकेट

काठमाण्डौ : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिका ३५ रनमै अलआउट भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिका नेपाली बलरसामु निरीह देखिएको थियो । अमेरिकाको पूरै टिम १२ ओभरमै अलआउट भएको हो । नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले चार विकेट लिए । ६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राखेर १६ रन खर्चिँदा ६ विकेट हात पारे । यो उनको करियरकै अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

सुशन भारीले तीन ओभरमा एक मेडन राखेर मात्र पाँच रन दिँदा महत्वपूर्ण चार विकेट हात पारे । त्यस्तै तीन ओभर बलिङ गरेका करण केसी भने विकेटविहीन बन्न पुगे ।अमेरिकाका एक जना ब्याट्सम्यानले मात्र दोहोरो अङ्क बनाउन सके । जेभियर मार्शलले १६ रन बनाउँदा तीन जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । यो खेलमा नेपालले विपक्षी टिमलाई न्यून कम योगफलमा रोक्ने कीर्तिमान बराबर गरेको छ । यसअघि सन् २००४ मा जिम्बाब्वे श्रीलङ्काविरुद्ध ३५ रनमै अलआउट भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments