Wednesday, October 27, 2021
घरBanner Newsआज मौसममा आंशिक बदली, केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्नसक्ने

आज मौसममा आंशिक बदली, केही स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्नसक्ने

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।देशका पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएकोे छ । देशको पूर्वी र मध्य भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

मौसममा आंशिक बदलीकै अवस्था रहने पूर्वानुमान महाशाखाको प्रक्षेपण रहेको छ । आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments