Wednesday, October 27, 2021
घरBanner Newsबूढानीलकण्ठमा ट्याक्सी चालक लुटिए

बूढानीलकण्ठमा ट्याक्सी चालक लुटिए

काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ गाम्चापुल नजिकैबाट आइतबार विहान एक ट्याक्सी चालक लुटिएका छन् ।काठमाडौं महाँकाल बस्ने ओखलढुङ्गाका बा.१ ज. ९०४१ नम्बरका ट्याक्सी चालक ३८ वर्षीय पूर्ण बहादुर तामाङको साथबाट नगद ५ हजार रुपैयाँ र एक थान मोबाइल लुटपाट भएको प्रहरीले जनाएको छ ।

सामाखुसीबाट ट्याक्सी चढेका ३ जना अपरिचित व्यक्तिहरुले गाम्चापुल नजिकै पुगेपछि तामाङलाई कुटपिट गरी उनको ट्याक्सी नै लिएर फरार भएका थिए ।महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले तामाङको ट्याक्सी सामाखुशीमा फेला पारेको जनाएको छ । लुटपाटमा संलग्न समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments