काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले अविरल वर्षा नभएपनि दैनिक जसो धेरै स्थानमा केही दिन वर्षा हुने र कुनै कुनै स्थानमा भारी वर्षा समेत हुने सम्भावना रहेको जनाएको छ । अहिले देशभरी आंशिक देखि सामान्य बदली भई पूर्व र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभरी आंशिक देखि सामान्य बदली भई मध्य क्षेत्रको पहाडी भेग लगायत पूर्वी तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको जनाइएको छ । पूर्वानुमान महाशाखाले आज र भोलि देशमा आंशिक बदली हुने र पर्सि मंगलबार देशभरी सामान्य बदली रही मध्य भूभागका धेरै स्थान तथा पूर्व र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्ष हुने जनाएको छ । आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहितको वर्षा हुने साथै मध्य तथा पूर्वी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहिरो जान सक्ने पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । त्यसैले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।