Wednesday, October 27, 2021
घरBanner Newsकांग्रेसको जागरण अभियान आजबाट

कांग्रेसको जागरण अभियान आजबाट

काठमाडौं :नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ ।कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएकोअभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । समग्रमा देशभर ३४ हजार ९ सय ८० बिरुवा रोपिने उनले बताए ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्दि्रत कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ ।जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्दि्रत विशेष संवाद, संविधान दिवसका कार्यक्रम, वडास्तरीय अन्तर्क्रिया, स्थानीय तहको दुई वर्षे समीक्षा कार्यक्रम, पार्टी प्रवेश लगायतका कार्यक्रम हुने छन् । साथै केन्द्रीय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र सल्लाह सुझावहरु संकलन गर्ने कांग्रेसले जनाएको छ ।स्वदेश र विदेशमा रहेका सबैलाई उत्साहपूर्वक जागरण अभियानमा सरिक हुन नेपाली कांग्रेसले आह्वानसमेत गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments