Tuesday, May 17, 2022
घरBanner Newsछुरा प्रहार गरी धनुषामा वृद्धको हत्या

छुरा प्रहार गरी धनुषामा वृद्धको हत्या

जनकपुरधाम: धनुषाको मिथिला बिहारी नगरपालिकाका एक वृद्वको छुरा प्रहार गरी हत्या भएको छ ।मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिको समूहले गरेको छुरा प्रहारबाट मिथिला बिहारी नगरपालिका–९, कटरैतका रामवरण शर्माको ज्यान गएको हो ।

घाँटीमा गरिएको छुरा प्रहारबाट गम्भीर घाइते ६५ वर्षीय उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।शर्मा आइतबार राति तारापट्टि बजारबाट आफ्नो घरतर्फ जाँदै गर्दा छुरा प्रहारको शिकार भएका हुन् । उनीमाथि राति ८ः३० बजेतिर मिथिला बिहारी नगरपालिका ८ कचुरी सडक खण्डमा छुरा प्रहार भएको हो ।छुरा प्रहार गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments