Wednesday, July 28, 2021
घरBanner Newsजीप दुर्घटनामा तीनको मृत्यु

जीप दुर्घटनामा तीनको मृत्यु

स्याङ्जाको गल्याङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।गल्याङ प्रहरी चौकीका अनुसार मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका– १ की ७० वर्षीया सीता नेपाली, रम्भा गाउँपालिका १ कै ३४ वर्षीया मञ्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का नौ महीनाका पल्सन परियार रहेका छन्।

घाइतेको पाल्पास्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पा तथा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।बुधबार दिउँसो पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट गल्याङतर्फ आउँदै गरेको लु१ज ३८४१ नम्बरको जीप बुटवल पावर कम्पनीको कार्यालय नजिकै सडकबाट झण्डै ४०० मिटर तल खसेको थियो।

दुर्घटना पर्नेमा तीज मनाएर घर फर्कंदै गरेका महिला धेरै छन् । ओभर लोडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments