Friday, July 30, 2021
घरBanner Newsसुनको मूल्य प्रतितोला साढे ७३ हजार पुग्यो

सुनको मूल्य प्रतितोला साढे ७३ हजार पुग्यो

काठमाडौं : बुधबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय र तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ ।

मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय तथा तेजावी ७२ हजार २ सय थियो । गत भदौ ९ गते पनि सुनको मूल्य आजकै बराबर थियो ।तीजको केही दिन पहिले बिस्तारै घट्न थालेको सुनको मूल्य बुधबार पुनः बढेको हो । भदौ १३ र १५ गते सुनको मूल्य घटेको थियो । बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा ४५ रुपैयाँले बढेर ९४० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ८९५ रुपैयाँ तोकिएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments