Tuesday, July 27, 2021
घरBanner Newsमहासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाँदै

महासचिव पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाँदै

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेल उपचारका क्रममा सिंगापुरमा रहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाँदैछन् । मंगलबार करीब दिउँसो १ बजे तिर सिंगापुर उड्न सिंगापुर प्रस्थान गर्दैछन् ।

प्रधानमन्त्रीलाई भेट्न आज सिंगापुर जाने र उहाँलाई लिएरै फर्किने स्रोतले जनाएको छ । अहिलेसम्मको कार्यतालिकाअनुसार प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने तय भएको छ ।उनले आफू एक्लै सिंगापुर जान लागेको र सचिवालय सदस्य वामदेव गौतम भने सिंगापुर जाने कार्यक्रम नरहेको प्रट्याए । सचिवालय सदस्य वामदेव गौतम पनि सिंगापुर जाने चर्चा भएको थियो । प्लाज्मा फेरिसस पक्रियाबाट उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार भोलि (बुधबार) सकिँदैछ ।

गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीले त्यहाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचाररत छन् ।प्रधानमन्त्रीसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, पत्नी राधिका शाक्य, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य र डाक्टर दिलिप शमौ सिंगापुरमै छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments