धादिङ : धादिङकाे खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।तिजमा माइत हिँडेका यात्रुबोकेर जाँदै गरेको बा १ झ ५४३१ नम्बरको जीप ज्वालामुखी गाउँपालिका वडा नम्बर-५, साँधभञ्ज्याङमा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनेेमा १० जना महिला र ५ जना पुरुष रहेका छन् ।दुर्घटनामा सामान्य घाइते भएका १३ जनाकाे हरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएको छ ।