Wednesday, October 27, 2021
घरBanner Newsनेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैन:मन्त्री पण्डित

नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमै भएको छैन:मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीयतामा गएपछि नेपालमा जति छिटो कर्मचारी समायोजन विश्वमा कुनै पनि देशमा नभएको दावी गरेका छन् ।आइतबार काठमाडौंमा आयोजित साक्षातकार कार्यक्रममा उनले यस्तो दाबि गरेका हुन् ।सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा इतिहासमै फड्को मारेको उनले दाबि पनि गरे ।मन्त्री पण्डितले नेपाल भन्दा छिटो कर्मचारी समायोजन भएको विश्वमा कुनै मुलुक भए उदाहरण दिन पत्रकारलाई चुनौती समेत दिए ।

‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन’ उनले भने ।मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको जानकारी दिए ।

उनले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरे ।मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले बताए । तर पछिल्लो समय भ्रष्टाचार कमी नआएको महसुश जनताले गरेका छन् ।

दुई तिहाइको सरकारले नियन्त्रण गर्नुको साटोमा झन देशमा भ्रष्टाचार मौलाएको छ । देशका विभिन्न स्थान र क्षेत्रमा हरेका दिन जसो अख्तियारले भ्रष्टाचारीलाई पक्राउ गर्ने क्रम पनि बढेको छ । अख्तियारले छानबिन थाले पनि नियन्त्रणमा आउन भने सकेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments