Sunday, August 1, 2021
घरBanner Newsट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन :पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति ११ः४० बजे भएको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments