घर वरिपरि खाडलमा पानी जम्न नदिने, गतसरसफाइ गर्ने, नियमित राति सुत्दा झुल टाँगेर सुत्ने तथा शरीर पूरै ढाक्ने गरी कपडा लगाए डेंगुबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीले बताए ।
अत्याधिक ज्वरो आउने, नाकको नाथ्री फुटेर रगत बग्नेलगायत डेंगु रोगका लक्षण हुन् । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्छ । विशेष गरी गर्मीयाममा देखापर्ने डेंगुका रोगी भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् ।