Wednesday, October 27, 2021
घरBanner Newsआज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी...

आज कुशे औंसी तथा बावुको मुख हेर्ने दिन, पितालाई विशेष सम्मान गरी मनाइँदै

काठमाडौं: हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीको दिनलाई बाबुको मुख हेर्ने पर्व रुपमा आज पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।पितालाई देवता समान मान भन्ने हाम्रो धार्मिक मान्यताका अनुसार आज छोराछोरीले पितालाई विशेष सम्मान गर्दै मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ ।

पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै नेपालबाट भारतका बिभिन धार्मिक स्थल लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका साथ श्राद्ध गर्ने गरिन्छ । यसो गरेमा पितृ ऋणबाट मुक्त पाइन्छ भन्ने धार्मिक मान्यता छ ।त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावतीलगायत स्थानमा मेला लागेको छ । गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।

हिन्दूहरुले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् । त्यस्तै कुशलाई भगवान विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ भन्ने मान्यता छ । भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments