Wednesday, October 20, 2021
घरBanner News८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

८३ किलो रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं  :महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार बौद्ध-६ रामहिटीबाट बुधबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरिएको हो।विशेष सुराकीको आधारमा परिचालन भएको प्रहरी टोलीले च्याम्बा लामाको घरमा लुकाइछिपाइ राखेको रक्तचन्दन बरामद गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

चन्दका अनासार लामा र योन्देन ग्यान्जो तामाङलाई पक्राउ गरिएको छ। दुबै मुगु जिल्लाका हुन्। तामाङ लामाको घरमा डेरा गरी बस्दै आएका थिए।‘रक्तचन्दन लुकाइछिपाइ काठमाडौं ल्याएको सूचना पाएपछि टोली खोजीमा जुटेको थियो,’ चन्दले भने। बौद्ध प्रहरीसँग केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन भएको थियो।

‘साँझ ६ बजे प्रहरी टोलीले टुक्राटुक्रा बनाएर राखेको चन्दन समातेको हो,’ चन्दले भने।रक्तचन्दनका व्यापारी को हुन् भन्ने विषयमा यकिन भइनसकेको उनले बताए। कहाँबाट र कसरी काठमाडौं भित्र्याइयो भन्ने खुलिनसकेको उनले बताए। पक्राउ परेका दुवैलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको चन्दले जानकारी दिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments