Wednesday, October 20, 2021
घरBanner Newsछतबाट लडेर भारतीय कामदारको मृत्यु

छतबाट लडेर भारतीय कामदारको मृत्यु

वीरगञ्ज : छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ ।भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए ।  घाइते  उनलाई उपचारका लागि गण्डक अस्पताल वीरगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments