Sunday, August 1, 2021
घरBanner Newsलामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा दर्ता गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । र, अध्ययनपछि टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, उत्पादक युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रतिवादी बनाएर अदालतमा मुद्दा पेश गरिएको हो ।अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले मुद्दा दर्ता भएको पुष्टि गर्दै बयानको क्रम सुरु भएको  बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments