Tuesday, July 27, 2021
घरBanner Newsभक्तपुरमा मोटरसाइकल र स्कुटी ठोक्किंदा १ को मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटी ठोक्किंदा १ को मृत्यु

काठमाडौं : भक्तपुरको नयाँठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किंदा शुक्रबार एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी-५ कमेरेटारका २२ वर्षीय राजेश गोजा रहेका छन् । गोजाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

स्कुटी चालक भक्तपुर नगरपालिका-५ तौमढीका ३१ वर्षीय प्रबिण लोहला घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।विहान साढे १० बजेको समयमा काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोट तर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्वरको स्कुटी नयाँठिमी चारदोबाटोमा एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments