Wednesday, October 27, 2021
घरBanner Newsराष्ट्रिय सभाको बैठक आज बस्दै, दुई वटा विधेयक प्रस्तुत

राष्ट्रिय सभाको बैठक आज बस्दै, दुई वटा विधेयक प्रस्तुत

काठमाडौं: राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा दुई वटा विधेयक प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।अहिले बिहान ११ बजे सुरु हुने बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण संरक्षण विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले पनि राष्ट्रियसभामा विधेयक प्रस्तुत गर्दैछन् । भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री अर्यालले प्रस्तुत गन सचिवाललयले जनाएको छ ।प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको दुवै विधेयक राष्ट्रिय सभामा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments