Sunday, September 26, 2021
घरBanner Newsबस दुर्घटना हुँदा१ को मृत्यु, १५ घाइते

बस दुर्घटना हुँदा१ को मृत्यु, १५ घाइते

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना  हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अन्य १५ यात्रु घाइते भएका छन् । उनीहरूको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments