काठमाडौँः वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ। निमोनियाले अस्वस्थ रहेका उनलाई एक साता सुमेरु अस्पतालमा उपचार गरेपछि बुधबारमात्र निवास ल्याइएको थियो। दीक्षितलाई मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या थियो।
लामो समय पत्रकारिता समेत गरेका दीक्षितका उपन्यास, निबन्ध तथा संस्मरण गरी दर्जनभन्दा बढी कृति प्रकाशित छन्। कथा, नाटक, व्यङ्ग्य सबै क्षेत्रमा उनले कलम चलाएका थिए।बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा काठमाडौँको गैरीधारामा वि. सं. १९७९ फागुन ६ गते दीक्षितको जन्म भएको हो। पत्रकार कनकमणि दीक्षितले ट्विट गर्दै दीक्षितको निधन भएको उल्लेख गरेका छन्।
प्रदान गरिएको थियो। त्यही वर्ष त्यही उपन्यासले साझा पुरस्कार पनि पाएको थियो । उनले लेखनाथ साहित्य पुरस्कार, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान, पद्मश्री सम्मान, राष्ट्रिय कलाश्री सम्मान पनि पाएका थिए। ०७४ मा सरकारले दीक्षितलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पनि सम्मान गरेको थियो। दीक्षित साहित्यिक पत्रिका समीक्षाका सम्पादक पनि बनेका थिए।