Tuesday, September 21, 2021
घरBanner Newsसन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन

क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जान लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले मानेन ।

उनले ट्वीटरमा जनाए अनुसार उनी क्यारेबियन प्रिमियर लिग खेल्नको लागि अमेरिका जान मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए । उनको भनाइमा सम्पुर्ण कागजात पेश गर्दागर्दै पनि मलाई भिसा नदिएकोमा आफु अचम्ममा परेको सन्दीपले उल्लेख गरेका छन् ।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान समेत गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन् । यसअघि सन्दीपले विभिन्न इन्डियन प्रिमियर लिग देखि लिएर संसारभरका थुप्रै चर्चित क्रिकेट लिगहरु खेलिसकेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments