Tuesday, July 27, 2021
घरBanner Newsबालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

नुवाकोट : बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको छ ।

ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनीता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार सोमबार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो ।स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments