Wednesday, September 22, 2021
घरBanner Newsझापा स्थित बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट

झापा स्थित बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट

काठमाडौ: झापा स्थित बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम बिस्फोट भएको छ । झापाको बिर्तामोड नगरपालिकाको वडानम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो ।

बिहान ४ बजेर २८ मिनेटमा बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिस्फोटका कारण कार्यालयको भवन कम्प्युटर र कागजातमा नोक्सानी पुगेको छ ।बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले झापामा सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments