Wednesday, October 27, 2021
घरBanner Newsमाछापोखरीमा डुबेर एक बालकको मृत्यु

माछापोखरीमा डुबेर एक बालकको मृत्यु

झापा :माछापोखरीमा डुबेर झापामा एक बालकको ज्यान गएको छ ।भद्रपुर–१० का १२ वर्षीय सुमन जोगीको शनिबार माछापोखरीमा डुबेर मृत्यु भएको हो ।सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments