Thursday, September 23, 2021
घरBanner Newsस्वयम्भूमा प्रहरीले गोली चलायो, एक घाइते , लुटेरा लोप्साङ पक्राउ

स्वयम्भूमा प्रहरीले गोली चलायो, एक घाइते , लुटेरा लोप्साङ पक्राउ

काठमाडौं: काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ ।स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् ।लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । रामेछापको गेलु घर भएका लोप्साङ धम्क्याउने र लुटपाटमा संलग्न रहेको एसएसपी थापाले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments