Monday, June 14, 2021
घरBanner Newsत्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, दर्जन बढी हराइरहेको आशंका

त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु, दर्जन बढी हराइरहेको आशंका

काठमाडौं : सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ ।ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।

धादिङका एसपी राजकुमार बैदवारले दिएको जानकारी अनुसार १४ जनाको उद्धार गरिसकिएको छ । बस अप्ठेरो ठाउँबाट खसेको हुनाले उद्धार कार्यमा कठिनाइ भएको छ । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख नेत्रप्रकाश भट्टका अनुसार गाडीमा मलंगवाबाट ३७ जनाले टिकट काटेको पाइएको हुँदा बेपत्ताको संख्या २३ भएको अनुमान गरिएको हो ।३ जना चालक र सहयोगी गरि कम्तिमा ४० जना बसमा भएको अनुमान गरिएको छ । त्यसमध्ये अहिलेसम्म ३ जनाको मृत्यु भएको छ भने १४ जना घाइतेको उद्धार गरिएको छ । भट्टका अनुसार बाटोमा अन्य यात्रु चढे नचढेको अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments