Monday, June 21, 2021
घरBanner Newsबालुवाटारस्थित सुविसु कार्यालयमा भिषण आगलागी

बालुवाटारस्थित सुविसु कार्यालयमा भिषण आगलागी

काठमाडौं : काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भिषण आगलागी भएको छ ।बुधबार दिउँसो करिब पौने १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो ।

जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ ।आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रका दमकलहरु प्रयोग गरिएको छ । सुविसु कार्यालय अगाडिको सडकमा गाडी सञ्चालनमा रोक लगाइएको छ ।दिउँसो सवा १ बजेसम्म ५० प्रतिशत आगो नियन्त्रणमा आइसकेको डीएसपी बोगटीले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments