Wednesday, October 27, 2021
घरBanner Newsपहिरोले घर पुरियो, १ को मृत्यु, २ बेपत्ता

पहिरोले घर पुरियो, १ को मृत्यु, २ बेपत्ता

काठमाडौं : बागलुङको तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । अन्य २ जना हराइरहेका छन् ।अविरल वर्षापछि गएराति आएको पहिरोले घर पुरिँदा ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङले दिएको जानकारी अनुसार, पहिरोमा परी २ जना हराइरहेका छन् । पहिरोमा लाम्मेलाकी असारी श्रीपाली र उनका १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएका हुन् ।त्यस्तै पहिरोमा परेर छ जना घाइते भएका छन् । उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पठाउने तयारी गरेका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले अहिले हराइरहेकाहरूको खोजी कार्य गरिरहेको छ ।पहिरोले ५ घरमा क्षति पुगेको छ । करिब १ सय ५० मिटर माथिबाट खसेको पहिरोले घरमा क्षति पुगेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments