Tuesday, July 27, 2021
घरBanner Newsविभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग्ने पक्राउ

विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग्ने पक्राउ

काठमाण्डौं: विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग्ने गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।उनले विभिन्न मितिमा मोबाइलबाट नेपाली तथा भारतीय नम्बरको प्रयोग गरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै रकम माग गर्दै आएका थिए । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर-२४ का ३० वर्षीय उदय गिरी रहेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।साथै उनी यसअघि हातहतियार तथा खरखजाना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको प्रहरीले जनाएको छ । गिरीलाई पक्राउ गरी अनुसन्धान सुरु सुरु गरेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments