Wednesday, September 22, 2021
घरBanner Newsबन्दीपुरमा बस दुर्घटना १९ जना घाइते

बन्दीपुरमा बस दुर्घटना १९ जना घाइते

चितवन : तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको बा४ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको कार्यालयका प्रहरी सहायक निरीक्षक दिनेश पौडेलले जानकारी दिए । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैरहेको छ ।बसमा ३३ जना यात्रु सवार थिए । चालक प्रहरीको नियन्त्रणमा छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments