Wednesday, October 27, 2021
घरBanner Newsगोली लागेर १ जनाको मृत्यु

गोली लागेर १ जनाको मृत्यु

डोटी: मृग सम्झेर एक स्थानीयले चलाएको गोली डोटीमा एक युवकको ज्यान गएको छ ।जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे मृग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको मृग ठानी भुलले गोली चलाएको र त्यसले लागेर लुहारको मृत्यु भएको जानकारी दिए ।प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने भुललाई नियन्त्रणमा लिएको छ ।

मृतक लुहार स्थानीय घट्टेडी मन्दिरका धामी हुन् । उनले यसै वर्ष विद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राति किन जंगलमा गएका थिए भन्ने खुल्न सकेको छैन ।जंगली जनावरहरूले बाली नष्ट गर्ने समस्या डोटीका किसानले पछिल्लो समय झेल्दै आएका छन् । जंगली जनावरको समस्या पेचिलो बनेपछि यसबाट मुक्ति पाउन किसानहरूले हतियारको समेत सहारा लिने गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments