Thursday, September 23, 2021
घरBanner Newsधारिलो हतियार प्रहार गर्दा एक जनाको मृत्यु

धारिलो हतियार प्रहार गर्दा एक जनाको मृत्यु

गुल्मी : खेतमा पानी लगाउने क्रममा विवाद हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।जिल्लाको मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा ५० वर्षीय मोतीलाल कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतका अनुसार, बुधवार राति खेतमा पानी लगाउने क्रममा दुईबीच विवाद बढेपछि लक्ष्मणले मोतीलालमाथि खेतमै धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट उनको खेतमै मृत्यु भएको थियो ।

हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार, लक्ष्मणले हँसियाले प्रहार गरेर आफूले मोतीलालको ज्यान लिएको स्वीकारेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments