काठमाडौंको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा अज्ञात समूहले गोली प्रहार गरेको छ । घरको तेस्रो तलामा रहेको उनकी छोरी सुत्ने कोठामा गए राति ९ बजेतिर गोली प्रहार भएको हो ।यो गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
काठमाडौंको कलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा अज्ञात समूहले गोली प्रहार गरेको छ । घरको तेस्रो तलामा रहेको उनकी छोरी सुत्ने कोठामा गए राति ९ बजेतिर गोली प्रहार भएको हो ।
यो गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।झ्यालबाट छिरेर भित्तामा लागेको गोलीको प्रकृति हेर्दा कुनै लाइसेन्स प्राप्त हतियारको गोली हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ ।‘यो गोली कतै छिमेकीको घरबाट अन्जानमा फायर भएको जस्तो पनि देखिन्छ,’ एसएसपी सुवेदीले भने ।